Need Help ?
Call: +977- 066449395

जिल्लाको बारेमा

जिल्ला शिक्षा कार्यालय मनाङ हार्दिक स्वागत गर्दछ

हिमाल पारीको जिल्लाको नामले समेत चिनिने यस मनाङ जिल्ला २८ २७ देखि १८ ५४ उत्तरी अक्षांस र ८२ २४ देखि ८४ ३४ पूर्वी देशान्तरमा फैलिएको समुन्द्र सतहबाट ८१५६ सम्मको उचाईमा अवस्थित रहनुका साथै करीब २२४६ बर्ग कि.मी.मा फैलिएको छ ।  विश्व प्रख्यात अन्नपूर्ण पदयात्राको मुख्य क्षेत्र जहाँ स‌ंसार भरका मानिसले पाइला टेकिसकेको सुन्दर हिमाली जिल्ला हो । यस जिल्लाको अधिकांश भूभाग पर्वत र हिम शिखरहरुले आच्छादित छन् र पौष देखि चैत्रसम्म गाउँ बस्तीहरुमा हिमपात भैरहन्छ । यस जिल्लाको मुख्य आर्कषणको केन्द्र विश्वको  सर्वाधिक उचाईमा अवस्थित तिलिचो ताल नै हो जहाँ पुग्दा स्वर्गको अनुभुति गर्न सकिन्छ । यस जिल्लालाई मर्स्याङ्दी नदीले शुरु देखि अन्त सम्म पछ्याउदै वगिरहेको छ । दुई शव्दमा जिल्लाको परिचय दिनु पर्दा प्राकृतिक सौन्दर्यले भरिपूर्ण र नेपालको पर्यटकीय क्षेत्रहरु मध्ये एक मुख्य र सर्वोत्तम गन्तव्य क्षेत्रको रुपमा लिने  गरिन्छ।   

         जिल्ला शिक्षा कार्यालय मनाङको कर्मचारी संगठनात्मक तालिकालाई हेर्दा घ बर्गमा पर्ने जिल्ला हो । यसको आफ्नो भवन भएता पनि हाल उक्त भवन जिल्ला कारागार कार्यालय मनाङले प्रयोग गरेको र जि.शि.का.को कार्यालय जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रको भवनको तल्लो तलामा कठिनाई पूर्बक संचलित छ । यस जिल्लामा रहेका १३ गा.वि.स. हरुलाई शैक्षिक कार्यक्रम कार्यान्वयनको सहजताको लागि  अगुवा स्रोतकेन्द्र सहित ३ वटा स्रोतकेन्द्रमा विभाजन गरिएको छ ।  जिल्लामा २७ वटा सामूदायिक बिद्यालय र १ वटा संस्थागत बिद्यालयहरु रहेका छन् ।