Need Help ?
Call: +977- 066449395

फागुन १ गते देखि विद्यालयहरु खोली भर्ना अभियान र नियमित कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई सूचना

प्रकाशित मिती:  

हिमाली जिल्लामा फागुन महिना देखि शैक्षिक सत्र सुरु हुने हुनाले मनाङ् जिल्लाका सवै विद्यालयहरु फागुन १ गते देखि खोली भर्ना अभियान र नियमित कक्षा सञ्चालन गर्नहुन सवै विद्यालयका प्र‍अहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, सम्पूर्ण शिक्षकहरुलाई अनुरोध छ । मनाङ् जिल्लामा विद्यर्थी स‌ख्या घटदै गएको हुनाले शैक्षिक गुणस्तर बृद्धिगरी विद्यार्थीहरु  घटनबाट रोक्नु पर्ने आवस्यकता छ । अभिभावकहरुले  जिल्लाको विद्यालयहरुमा नियमित कक्षा सञ्चालन नहुने, पठनपाठन हुने दिन र समय कम हुने जस्ता कारणले आफ्ना वालवालिकालाई बध्य भएर अन्य जिल्लामा लैजान परेको गुनासो गर्ने गरेकोले सवै विद्यालयहरु र शिक्षकहरु यस विषयमा ग‌भिर हुनु पर्ने आवस्यकता छ । अत वालवालिका अन्य जिल्लमा  लैजानबाट रोक्न शैक्षिक गुणस्तर बृद्धि गरी अभिभवक र समुदायलाई बिश्वास दिलाउनकोलागि पनि पठन पाठन हुने दिन र समय बृद्धि गर्नु पर्ने  आवस्यकता छ । अत सवै विद्यालयहरु फागुन १ गते देखि खोली शिक्षकहरु विद्यालयमा पुगी फागुनको पहिलो साता भर्ना अभियान सञ्चालन गर्ने र विद्यार्थीलाई पाठ्यपु्स्तक उपलव्ध गराइ नियमित कक्षा सुरुगर्न हुन  अनुरोध छ । साथै यस कार्यमा सहयोग पुर्‍याइदिन हुन सम्पूर्ण अभिभावक र सरोकारवालाहरुमा  हार्दिक अनुरोध छ । 

जिल्ला शिक्षा कार्यालय, मनाङ्