हिमाल पारीको जिल्लाको नामले समेत चिनिने यस मनाङ जिल्ला २८ २७ देखि १८ ५४ उत्तरी अक्षांस र ८२ २४ देखि ८४ ३४ पूर्वी देशान्तरमा फैलिएको समुन्द्र सतहबाट ८१५६ सम्मको उचाईमा अवस्थित रहनुका साथै करीब २२४६ बर्ग कि.मी.मा फैलिएको छ । विश्व प्रख्यात अन्नपूर्ण पदयात्राको मुख्य क्षेत्र जहाँ संसार भरका मानिसले पाइला टेकिसकेको सुन्दर हिमाली जिल्ला हो । यस जिल्लाको अधिकांश भूभाग पर्वत र हिम शिखरहरुले आच्छादित छन् र पौष देखि चैत्रसम्म गाउँ बस्तीहरुमा हिमपात भैरहन्छ । यस जिल्लाको मुख्य आर्कषणको केन्द्र विश्वको सर्वाधिक उचाईमा अवस्थित तिलिचो ताल नै हो जहाँ पुग्दा स्वर्गको अनुभुति गर्न सकिन्छ । यस जिल्लालाई मर्स्याङ्दी नदीले शुरु देखि अन्त सम्म पछ्याउदै वगिरहेको छ । दुई शव्दमा जिल्लाको परिचय दिनु पर्दा प्राकृतिक सौन्दर्यले भरिपूर्ण र नेपालको पर्यटकीय क्षेत्रहरु मध्ये एक मुख्य र सर्वोत्तम गन्तव्य क्षेत्रको रुपमा लिने गरिन्छ।
जिल्ला शिक्षा कार्यालय मनाङको कर्मचारी संगठनात्मक तालिकालाई
थप हेर्नुहोस